सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प अपडेटः पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८० असोज १६, ०६:२० खबर संवाददाता

धनगढीः बझाङमा भूकम्पमा परेर दुई जना घाइते भएका छन्। भूकम्पमा परी जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो।

May be an image of tree

भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिीपेश चौधरीले बताए। क्षतिको पूर्ण विवरण प्रहरीले संकलन गरिरहेको छ।
बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर आज दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको खबर प्राप्त भइरहेको छ। यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए। जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ।

No photo description available.

तलकोट गाउँपालिका–१ को भवन पनि भत्किएको छ। त्यस्तै जयपृथ्वी नगरपालिका–४ मा नरीलाल जोशी, डल्लो जोशी, नरेन्द्र उपाध्याय र कविराज जोशीको घरका भित्ता भत्केका छन। सदरमुकाम चैनपुरमा पुराना स्लेटले छाएका तथा टिनले छाएका अधिकांश घरहरु वस्न नमिल्ने गरी चर्केका छन्। साथै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा सडक भत्केको छ। कचाली खोलामा पहिरो जादा यातायात वन्द भएको छ।

जालेवगरमा ढुङ्गा लाग्दा सडकमा काम गरिरहेका दुई जना मजदुर घाईते भयका छन भने भोपुरमा सुख्खा पहिरो र ढुङ्गा खस्दा दुई जना विद्यार्थी समेत घाइते भएका छन्। भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा पनि क्षति पुगेको छ। भूकम्पले पुगाएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन्।

No photo description available.

भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ। बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पको धक्काका कारण जिल्ला अस्पतालमा भएका बिरामीहरूलाई पनि बाहिर निकालिएको छ।
 

कमेन्ट लोड गर्नुस