सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० असोज १५, ०६:०० खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरी नगरपालिका–६ घुएराबाट लागुऔषधसहित एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चौधरी रहेका छन्।

चौधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस