सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौँमा चिकित्सकमाथि हातपात

२०८० असोज १४, ०२:१० खबर संवाददाता

काठमाण्डौँः काठमाण्डौँमा एक चिकित्सकमाथि हातपात भएको छ। काठमाण्डौँ मेडिकल कलेज शिक्षकण अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपात भएको हो।

डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भन्दै चिकित्सकमाथि हातपात भएको विषय बाहिर आएको छ।

किड्नीका बिरामी भोजराज गौतम उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। तर छोरा रुपक गौतम र भतिजा सरोज गौतमले ढिलो पालो आएको भन्दै उपचारमा संलग्न डाक्टर मनिष खड्कालाई हातपात गरेका हुन्। चिकित्सकमाथि हातपात गर्ने दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस