धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउपरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ शान्तिटोलबाट २०० मिलिग्राम लागूऔषधसहित २३ वर्षीय विकाश चौधरी र कैलालीको चुरे गाउँपालिका–५ का २४ वर्षीय दिपक अर्खालीमगर शनिबार राति पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको संयुक्त टोलीले चेकजाँच गर्दा दुबैको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
