सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी साहित्य प्रतिष्ठान केएमसीद्धारा आयोजित गजल प्रतियोगिता संम्पन्न

२०८० असोज १३, ०८:५० खबर संवाददाता

धनगढीः  विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसद्धारा आयोजित गजल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। उक्त प्रतियोगीतामा ३२ जना साहित्यिक विद्यार्थीहरुले भाग लिएका थिए। कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको कन्फरेन्स हलमा आयोजना गरिएको हो।

उक्त गजल प्रतियोगितामा हर्क जोशी प्रथम भए। द्धितीय स्थान मनोज मनसुन ठकुरी, तृतीय धिरेन्द्रबोहराले प्राप्त गरे। शान्त्वना दिव्या पन्त, महेश्वर पाण्डेय र नविन बम ठकुरी भएका थिए। प्रथम पुरस्कार २१ सय ११ नगद सहित प्रमाण पत्र, द्धितीय १५ सय ५५, तृतीय ११ सय ११ नगद सहित प्रमाण पत्र र सान्त्वना पुरस्कार साहित्यक कृती दिइएको थियो।

प्रथम,द्धितीय र तृतीय हुनेलाई समर्पण पुस्तक पसलले माटो नामक गजल संग्रह कृती प्रदान गरेको थियो भने, अन्य पुरस्कारको व्यवस्था प्रतिष्ठानबाटै गरिएको थियो। आगमी दिनमा पनि कैलाली बहुमुखी क्याम्पसमा भएका साहित्यक प्रतिभाहरुको उजागर गर्ने गरी यस्ता कार्यक्रमहरुको आयोजना जारी राख्ने विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तले बताए।
 

कमेन्ट लोड गर्नुस