सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमभरी विप्लवका २७ कार्यकर्ता पक्राउ, संगठित अपराध र राजद्रोहको मुद्धा

२०७६ वैशाख १४, ११:१० खबर संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिबन्द लगाएपछि सुदूरपश्चिममा प्रहरीले विप्लव निकटका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम बढाएको छ। संघीय प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार विभिन्न जिल्लाबाट विप्लव समूहलाई प्रतिवन्द लगाएपछि २७ जनालाई पक्राउ गरिसकेको जनाएको छ।

सबैभन्दा बढि कैलाली जिल्लाबाट १३ जना पक्राउ परेका छन्। पक्राउ परेका अधिकासंलाई संगठित अपराध, राजद्रोह, अपराधिक षडयन्त्र, राष्ट्रहित प्रतिकुल कार्य लगायतका शिर्षकमा मुद्धा दर्ता गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ। पूर्व सभाषददेखि जिल्ला स्तरका र सेती ब्यूरोका धेरै नेता कार्यकर्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस