सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘परदेशी २’ को झ्याउरे गीत ‘छुके छुके रेलैमा’ सार्वजनिक

२०८० असोज १२, ०७:२९ खबर संवाददाता

काठमाडौँः चलचित्र ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ। झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई देखाइएको छ ।

नारायण रायमाझी निर्देशन रहेको गीतमा  रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको आवाज सुन्न सकिन्छ। गीतको शब्द पनि निर्देशक रायमाझी स्वयम्ले कोर्नुभएको छ । गीतमा प्रेमदेव गिरीले सङ्गीत दिएका छन्। 

राजेश वंशलको निर्माण गरेकोे चलचित्र वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ। चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन्। मानकृष्ण महर्जनको छायाङ्कन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन भने चलचित्र दसैँको छेको पारेर असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
 

कमेन्ट लोड गर्नुस