सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली सेनाद्वारा हमासको एक चौकीमा आक्रमण

२०८० असोज ११, ०५:५६ खबर संवाददाता

एजेन्सीः  इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ। यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ।

इजरायली सेनाका प्रवक्ताले मानव रहित हवाई आक्रमण इजरायल र गाजापट्टी बीचको सुरक्षा बारमा भएको हिंसात्मक आक्रमणको जवाफ भएको बताएका छन्। प्यालेस्टाइनीहरुले झन्डै दुई हप्तादेखि सीमामा दैनिक रुपमा भइरहेको विरोध प्रदर्शनको बीचमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै आएका छन्।
 

कमेन्ट लोड गर्नुस