सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्फ फर हेप्पिनेसले मनायो वार्षिकोत्सव

२०८० असोज ११, ०२:५७

धनगढी : सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले धनगढीको दृष्टि फाउन्डेसनमा आश्रितहरूलाई सहयोग गर्दै वार्षिकोत्सवमनाएको छ। 

हेप्पिनेसले बिहीबार फाउन्डेसनमा आश्रित सडक मानव महिला तथा बालबालिकाको सहयोगार्थ खाद्यान्न, शैक्षिक सामाग्री र न्यानो लुगा हस्तान्तरण गर्दै आठौं  वार्षिकोत्सवमनाएको हो।

दृष्टि फाउन्डेसनमा हेल्प फर हेप्पिनेसका सुदूरपश्चिमप्रदेश संयोजक घनश्याम भण्डारीको अध्यक्षता आयोजित कार्यक्रमका प्रमुखअतिथि फाउन्डेसन कि अध्यक्ष कल्पना भट्ट रहेकि थिइन्। संयोजक भण्डारीले दृष्टि फाउन्डेसनमा आश्रित महिला तथा बालबालिकालाई शैक्षिक सामाग्री, खाद्यान्न र न्यानो लुगा हस्तान्तरण गरिएको बताए । 

भण्डारीले विगतदेखि संस्थाले खुसीनपुगेको ठाउँमा खुसीपुयाउने उदेश्यअनुसार कामगरिरहेको बताउँछदै साथ, सहयोगकालागि सबैलाई धन्यवाद समेत दिएका छन् ।

फाउन्डेसनकि अध्यक्ष भट्टसहितका चार जनालाई सम्मान

वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेसले दृष्टि फाउन्डेसनकिअध्यक्षकल्पना भट्टसहितका चार जनालाई सम्मान गरेको छ । दृष्टि फाउन्डेसन नामक संस्था सञ्चालन गरेर सडक मानवहरूलाई आश्रय दिएर समाजलाई महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पत्रसहितअध्यक्षभट्टलाई सम्मानगरिएको हो ।

यस्तै, वर्षभरिमा संस्थामा सर्वोत्कृष्ट कार्य गरेको भन्दै असहाय कोषको सदस्यतथा बैतडी संयोजक भरत विष्ट, हेप्पिनेसकी सदस्यआरतीदाहाल र निरज पाठकलाई पनि सम्मानगरिएको हेप्पिनेसले जनाएको छ ।

दाहालवर्षभरिको सर्वोत्कृष्ट सदस्यका रूपमा, पाठक असहाय कोषलाई बलियो बनाउनभूमिका खेलेको र विष्टलाई इमर्जेन्सी रक्तदानमा सक्रियभूमिका खेलेर संस्थाको गरिमा बढाएको भन्दै सम्मानगरिएको हो ।

वार्षिक प्रगतिप्रतिवदेन सार्वजनिक, १४९ पिन्ट रक्तदान

वार्षिकोत्सवको अवसरमा हेल्प  फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरी सम्पादन गरेका कामको प्रगतिविवरण समेत सार्वजनिकगरिएको छ । संस्थाकाप्रदेश संयोजक घनश्याम भण्डारीले दृष्टि फाउन्डेसनमाआयोजितऔपचारिक कार्यक्रमबीचवार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । भण्डारीले एक वर्षको अवधीमाप्रदेशकाविभिन्न अस्पतालमा ८३ जना बिरामीकालागि ८९ पिन्ट इमर्जेन्सी रगतव्यवस्थापनगर्दै दानगरिएको बताए । उनकाअनुसार इमर्जेन्सीको ८९ सहितवर्षभरि १४९ पिन्ट दानगरिएको छ ।

रक्तदानजीवनदानको नारालाई सफलबनाउन केहीहदसम्म सफलभएको बताउँदै उनले अगामीदिनमा समेत निरन्तरतादिइने जनाए ।

स्वास्थ, शिक्षा, ट्राफिक नियमलगायतका सामाजिक र राष्ट्रिय महत्त्वकाविषयमाजनचेतनामुलककार्यक्रमको आयोजनागरिएको छ ।

छाडा पशु चौपायाको निस्शुल्कऔषधीउपचार गर्ने कार्यक्रममा निरन्तरतादिदै  १६२ पशुको उपचार गरिएको छ ।

९ जना बिरामीको उपचारमा सहयोग गरिएको, सौभाग्य अस्पतालसँग सम्झौतागरि हेप्पिनेसका सदस्यलाई उपचारमाविशेष छुट गरिएको, डिप्रेसनकासिकार भएका ९ जनालाई काउन्सिलिङ गरेर मानसिक स्वास्थ सेवादिएको भण्डारी सार्वजनिक गरेको प्रतिवेदनमाउल्लेख गरिएको छ ।

फेसबुक लाइभबाट जनचेतनामुलक सन्देश प्रवाह, अवस्था हेरेर निस्शुल्कएम्बुलेन्स सेवाउपलब्ध गराउने कार्यलाई निरन्तरतादिइएको, 

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिदिने, स्वास्थ सेवा सुधारका लागिखबरदारी गर्ने, सरोकारवालालाई सल्लाह सुझावदिने कामलाई समेत निरन्तरतादिइएको प्रतिवेदनमाउल्लेख गरिएको छ ।

कमेन्ट लोड गर्नुस