सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट एक गर्भवतीको उद्धार

२०८० असोज ११, ०२:४२ खबर संवाददाता

अछाम : अछामबाट एक गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय मगलि थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उनको ३६ हप्ताको गर्भ रहेको छ। उनको रक्तचाप बढेको छ। शरीरमा सेतो रगतकोसमेत कमी छ। थापालाई ज्वरो आइरहेको र पेटमा रहेको बच्चाको मुटुको धड्कन बढेकोले हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसूति दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो। उनलाई महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए।

अछाम जिल्ला स्थित गोरख बक्स गणको हेलिप्याडबाट थापालाई उद्धार गरिएको हो।

कमेन्ट लोड गर्नुस