सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रवार हुने भनेको संसदीय समिति सभापतिको निर्वाचन स्थगित

२०८० असोज १०, ०४:४२ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सरकारको आग्रहमा निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। सचिवालयले गत आइतबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरेको थियो। तालिकाअनुसार असोज १२ गते (शुक्रबार) समितिका सभापतिहरूको निर्वाचन तय भएको थियो। पूर्व निर्धारित मितिमा अब निर्वाचन नहुने बोगटीले बताए।

समितिहरू लामो समयदेखि सभापतिविहीन छ। सार्वजनिक लेखा समितिबाहेक अन्य चारवटा समितिका सभापति छैनन्।
 

कमेन्ट लोड गर्नुस