सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध काठ बरामद

२०८० असोज १०, ०८:३९ खबर संवाददाता

धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ। जिल्लाको कैलारी गाउँपालिका ६ वनकट्टाको मातृभुमी सामुदायिक वन भित्र वेवारिसे अवस्थामा सालको ३ वटा गोलिया ६१.६५ क्युफिट काठ मंगलवार साँझ बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिईएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ। उक्त काठलाई सब–डिबिजन बन कार्यालय फुलवारीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस