सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट १३ वर्षीय बालक घाइते

२०८० असोज ९, ०६:१९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक १३ वर्षीय बालक घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ६१८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री १३ वर्षीय एक बालक घाइते भएका हुन्।

घाइतेको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस