करणीको आरोपमा वडाध्यक्ष धमला पक्राउ
खलढुङ्गा : महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला करणीमा पक्राउ परेका हुन्। एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइने प्रलोभन देखाई होटेलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मङ्गलवार पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट उनलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी सात दिन म्याद थप समेत गरेको छ।