सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित दिनेश र विनय पक्राउ

२०८० असोज ९, ०४:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले लागुऔषधसहित दुबै जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–४ बोराडाडीको भित्री सडकखण्डबाट दुबै जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जोशीपुर गाउँपालिका–७ का २२ वर्षीय विनय कुवँर र सोही पालिकाको वडा नम्बर–२ का २२ वर्षीय दिनेश रावत लागुऔषधसहित पक्राउ परेका हुन्।

एक ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस