सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी कल्पनाको ज्यान जोखिममा

२०८० असोज ९, ०३:०७ खबर संवाददाता

बाजुराः बाजुराको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुन पुगेपछि ज्यान जोखिममा परेको छ।

विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीय कल्पना रोकायाको ज्यान जोखिममा परेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले बताए। रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको बताए।

सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरेको संयोजक भण्डारीले बताए। नेपाली सेनाको हेलिकप्टरबाट नेपालजन्ज पठाइसकिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। उनका अनुसार पछिल्लो रिपोर्ट आइपुगेको छैन, तर नेपालन्ज पुगिसकेको खबर प्राप्त भएको छ।

कमेन्ट लोड गर्नुस