सुदूर नेपाललाई विश्वसँग जोड्दै

न छुटौ पिरिम को डोरी डेउडा म्युजिक भिडियो सार्वजनिक (भिडियो) 

२०८० असोज ८, ११:५६ खबर संवाददाता

धनगढीः नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन्। तापनि सुदूरपश्चिम क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ। देउडा गीत नेपाल सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो।

लोक डेउडा आदी नाम दिएको पाइन्छ। लोक डेउडा सुदूरपश्चिमसहित कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा खेलिन्छ। देवताल म्युजिक प्रा लि को प्रस्तुति मा न छुटौ पिरिम को डोरी देउडा एक्प्रेस युटुुब च्यानलबाट सार्वजनिक भएको छ। जसमा स्वर चर्चित देउडा गायक महेश कुमार औझी र चर्चित गायिका कल्पना बि.सी को रहेको छ।

शब्द उपेन्द्र मायालुको छ भने लय चाहिँ राहुल बि.सी को रहेको। सुदूरपश्चिम को अति रमणीय ठाँउ कैलालीको गोदावरीमा छायांकन गरिएको म्युजिक भिडियोमा गोबिन्द धामी, कोपिला ठकुरी, राजन भण्डारी, सरोज रोकाया, एंन दौल्यल र पदमा खड्काले अभिनय गरेका छन्। निर्देशन रबि आउझी ले गरेका छन्। त्यसै गरी उक्त देउडाको छायांकन अनि सम्पादन रबि आउजी, र म्युजिक एरेन्जर गोबिन्द ओलीले गरेका छन्।

कमेन्ट लोड गर्नुस