सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलानालाको अतिक्रमण हटाउन धनगढीको सूचना

२०८० असोज ७, ०६:१८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ।

उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरी बनाइएका भौतिक संरचना असोज महिना भित्र हटाउन नगरपालिकाले आग्रह गरेको छ। 

उपमहानगरले खोलानाला अतिक्रमण गरेर बनाइएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार संञ्चालन ऐन, २०७४ तथा प्रचलित कानूंन बमोजिम कारबाही गर्ने समेत जनाएको छ।
Open photo

कमेन्ट लोड गर्नुस