सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन उपभोक्ता महासंघ आन्दोलित, मुख्यमन्त्री कार्यालय धनगढीमा धर्ना

२०८० असोज ७, ०३:०४ खबर संवाददाता

धनगढीः सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश महासंघ आन्दोलित भएको छ। आज (आइतबार)देखि महासंघले आन्दोलन सुरू गरेको छ। प्रदेश सरकारले चर्को कर लगाएको र वन उपभोक्ताका हक अधिकार कुण्ठित गरेको भन्दै महासंघ आन्दोलित भएको हो।

संघीय कानून अनुसार स्थानीय तहमा १० प्रतिशत कर तिर्ने प्रावधान हुँदाहुँदै प्रदेश सरकारले ४० प्रतिशतसम्म कर लगाएको भन्दै त्यसको विरोधमा आन्दोलित हुनुपरेको महासंघ शुक्लाफा (कञ्चनपुर) का अध्यक्ष गणेशदत्त भट्टले बताए। आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबारदेखि तीन दिनसम्म मुख्यमन्त्री कार्यालय धनगढीमा धर्ना दिने उनले बताए।

आइतबार धनगढीको पार्कमोडबाट सुरू भएको ¥याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर धर्नामा बसेको छ। प्रदेश सरकारले उपभोक्ताले वन पैदावारको मूल्य निर्धारण गर्ने अधिकार, जरिवाना गर्ने अधिकार, वन पैदावारमा उपभोक्ताको अग्राधिकार खोसेको वन संरक्षणकर्मीको आरोप छ।

कमेन्ट लोड गर्नुस