सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म खेल्दिनः अनमोल केसी

२०८० असोज ६, ०९:२३ खबर संवाददाता

काठमाडौंः  चर्चित अभिनेता अनमोल केसीले स्क्रिप्ट चित्त नबुझेसम्म विलम्व भएपनि आफूलाई फिल्म गर्न हतार नहुने बताएका छन्।

लामो समयपपछि आफ्नो सामाजिक संजालमा स्टाट्स लेख्दै उनले कसैको व्यक्तिगत स्वार्थमा आफू उपयोग नहुने उल्लेख गरेका छन्। ‘होस्टल’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेदेखि मैले मेकर तथा दर्शकहरुबाट अथाह माया पाइरहेको छु। मैले यो मायालाई आफ्नो अमूल्य सम्पति ठान्छु,’ उनले लेखेका छन,’ त्यसैलै कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई रिझाउनुपर्छ भन्ने कुरालाई हृदयमा सँधै राख्ने गरेको छु। त्यसैले म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहनेछु।’

केसीले मेकरको लगानी सुरक्षालाई पनि उत्तिकै ध्यान दिने बताएका छन। उनी भन्छन् ,’म माथि उहाँहरुले गर्ने लगानी केवल आर्थिक अंकगणित होइन्, एउटा व्यवसायिक विश्वास हो र यो विश्वास भंग हुनुहुँदैन।’ आफू अभिनित पछिल्लो फिल्म ‘छड्के २’ ले आफूलाई ठूलो पाठ सिकाएको उनको दाबी छ। उनको सो फिल्म बक्स अफिसमा फ्लप भएको थियो।

उनले आफ्नो स्टाट्समा कलाकारले निभाउनु पर्ने सबै धर्म निभाउने प्रतिबद्धतासहित आफ्नो आधिकारिक पेजबाट घोषणा नभएसम्म कुनै पनि अनाधिकारिक समाचार सम्प्रेषण नगरिदिन समेत आग्रह गरेका छन। गत ८ सेप्टेम्बरमा उनले सामाजिक संजालमार्फत आफ्नो आगामी चलचित्र ‘फर्की फर्की’को घोषणा गरेका थिए भने उनको अर्को फिल्म ‘रावायण’ छायांकनको तयारीमा छ।
 

कमेन्ट लोड गर्नुस