सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालतद्धारा चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

२०८० असोज ५, ०५:१५ खबर संवाददाता

काठमाडौंः  उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश दिएको छ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश जारी गरेको हो।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका थिए । उनीहरूले रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गरेका थिए।
 

कमेन्ट लोड गर्नुस