सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० असोज ४, ०७:४३ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका २ टेडुवाबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ४१ हजार ६ सय ४८ मूल्य बराबरको शैलुनका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका २ भन्सार रोड नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी १९ हजार मूल्य बराबरको चिनी, नरिवल, मिश्री, चामल लगायतका सामानहरु बुधवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस