सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस वर्षको म्याराथनमा सहभागी लक्की एक जनाले ४२ इन्चको LED टिभी जित्ने मौका पाउने

२०८३ वैशाख १५, ०७:३० खबर संवाददाता

यहि बैशाख १८ गते, बुद्ध जयन्तीको अवसर पारेर आयोजना हुन लागेको  हाफ म्याराथनमा बिगतका भन्दा केही फरक तरिकाले आयोजना हुँदै छ ।  उक्त प्रतियोगितामा अहिले सम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ। प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन ठुलो धनराशिको पुरस्कारको व्यवस्था गरिएको छ । हाफ

म्याराथनमा  विशेष पुरस्कार ४२ इन्चको एलइडि टिभी समेत जित्ने मौकाको अवसर प्रदान गरिएको छ । आयोजना भएको प्रतियोगितामा सहभागीले "लक्की ड्र" मार्फत् भाग्यशाली व्यक्तिले यो अवसर प्राप्त गर्ने  कार्यक्रम मुल संयोजक दिपेश बोहराले बताए ।

स्वास्थ्य, खेलकुद तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिँदै आएको यस म्याराथनमा देशभरबाट धावकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकले  गरेको छ। युवाहरूमा सकारात्मक प्रेरणा दिने लक्ष्य रहेको प्रतियोगिता निकै रोमाञ्क हुने देखिएको छ । 

लामो समयदेखी आयोजना हुँदै आइरहेको धनगढी हाफ म्याराथनले खेलकुदसँगै सामाजिक उत्तरदायित्व र सचेतनाको सन्देश व्यापक रूपमा फैलाउँदै छ । हरेक नयाँ बर्षमा हाफ म्याराथनले एउटा उत्सवको रुपमा प्रस्तुत भइ आफ्नो पकड बनाएको छ ।

कमेन्ट लोड गर्नुस