सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

२०८० असोज ३, ०५:५१ खबर संवाददाता

काठमाडौंः  अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ।

परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे। आगामी मंसिरमा उनीहरुबीच बिहे हुने तयारी छ। उनीहरुलाई बधाइ दिन दुबै पक्षका परिवार, कलाकारहरु विल्सनविक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए।

यी दुईजना तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ। श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् भने गौरव अभिनेता हुन्। गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए। गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन्। यसवर्ष उनले अभिनय गरेका फिल्महरु ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन्।

कमेन्ट लोड गर्नुस