सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० असोज २, ०९:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० बिद्युत कार्यालय अगाडीबाट भन्सार छलिगरी ल्याएका अन्दाजी २० हजार मूल्य बराबरका चिनी, तेल लगायतका सामानहरु सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको हो।

बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएका सो सामान आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस