सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको प्रमुखमा डाक्टर कमर नियुक्त

२०८० असोज १, ०६:१५ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर. शेरबहादुर कमर नियुक्त भएका छन्।

सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो पदमा नियुक्त गरेको हो।

डाक्टर हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई सोमबार मन्त्रालयले सो जिम्मेवारी दिएको हो। 

कमेन्ट लोड गर्नुस