सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कक्षा ८ को परीक्षामा सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थी पुरस्कृत

२०८० असोज १, ०४:१३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षामा सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ। उपमहानगरको ९ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो।

कक्षा ८ को नगर स्तरीय परीक्षामा सामुदायिक विद्यालय तर्फ सबैभन्दा बढी जिपिए ल्याउने पञ्चोदय माध्यमिक विद्यालयकी छात्रा उषा जोशी (३.७०) र छात्र तर्फ धनगढी-३ को त्रिभुवन माध्यमिक विद्यालयका छात्र अशोक अवस्थी (३.६८) लाई जनही नगद २० हजार र सम्मानपत्र सहित पुरस्कृत गरिएको छ।

यस्तै, संस्थागत विद्यालय तर्फ स्टेपिङ स्टोन माध्यमिक विद्यालयकी छात्रा कृति यादव (३.९३) र छात्र तर्फ एरिष्टो माध्यमिक विद्यालयका छात्र प्रदिप गिरी (३.९८) लाई पनि जनही नगद २० हजार र सम्मानपत्र सहित पुरस्कृत गरिएको छ।
पुरस्कृत छात्रछात्रालाई कार्यक्रमका अतिथि प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरी पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका थिए।

कमेन्ट लोड गर्नुस