सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवादीत बनेका तत्कालीन वन निर्देशक भट्टको अडियो र भिडियो टेस्ट गरिदै

२०८० भदौ ३१, ०७:३५ खबर संवाददाता

धनगढीः  सुदुरपश्चिमका उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्गणदत्त भट्टको अडियो र भिडियोको फरेन्सिक टेस्ट हुने भएको छ।

सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक भट्टको मन्त्रिलाई गालि गरेको अडियो र भिडियोको आवाज तथा मातहतका कार्यालयबाट रकम असुली गर्ने गरेको बताएपछि विवादमा तानिएका हुन्। सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले आफ्नो छानबिन सकाएर प्रतिवेदन बुझाएको छ।

छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिका संयोजक मानबहादुर धामीले भट्टसँग सोधखोजसहितको अनुसन्धान र छानबिन गरेको समितिले भदौ १९ गते प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाएको बताए। भट्टले आचरण र मर्यादाविपरीत काम गरेकोले आर्थिक अख्तियारीसहितको जिम्मेवारी रोकिनुपर्छ भनेर उपसमितिले सिफारिस गरेको बताए।

भट्टले तथानाम बोलेको अडियोर भिडियोलाई पनि फरेन्सिक टेस्ट गरि सत्यतथ्य छानबिन गरेर कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालयलाई पत्र लेख्ने निर्णय सिफारिस गरेको धामीको भनाई छ। यसअघि भट्टले सोधपुछका क्रममा भने सो अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिएका थिए। अब सो उपसमितिको निर्णयमा लेखा समितिले पुनर्विचार वा कार्यान्वयन गर्न बाकी रहेको जानकारी दिए। भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा अहिले अख्तियारले समेत छानविन गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस