सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार र आन्दोलनरत चिकित्सक संघ बीच वार्ता सुरु

२०८० भदौ ३१, ०५:०४ खबर संवाददाता

काठमाडौँः  हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो।

कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले पक्रिने सुनिश्चितता नहुँदासम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द रहने बताए। संघको आन्दोलनका कारण हाल देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द छन्।
 

कमेन्ट लोड गर्नुस