सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट

२०८० भदौ ३१, १२:०४ खबर संवाददाता

काठमाडौं: दाङमा पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको छ। हिजो (शनिबार) बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त प्रहरी कार्यालयका अनुसार राति जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी नजिकै बम विस्फोट भएको थयो। १० वर्षे सशस्त्र संघर्षको बेला राखिएको बमको अवशेष पड्किएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।

बम विस्फोट हुँदा सडक भ्वाङ्गै भ्वाङ्ग परेको प्रहरीले बताएको छ। यद्यपि राजमार्गमा चल्ने यातायात भने नरोकिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस