सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० भदौ ३१, ०८:०० खबर संवाददाता

कैलालीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान टिकापुर नगरपालिका ७ सोनाफाटाबाट भन्सार छलि गरी ल्याएका अन्दाजी २० हजार ८ सय ५० मुल्य बराबरको सुर्ती, बिडी, लेडिज सुट लगायतका सामानहरु र टिकापुर १ को लम्कीपुल नजिकबाट अन्दाजी ९ हजार मुल्य बराबरको चिनी बरामद गरिएको हो।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका १ बैजुडाडाबाट भन्सार छलिगरी ल्याएका अन्दाजी ५९ हजार ४ मुल्य बराबरको चिनी, चना, बिडी, खानेतेल लगायतका सामानहरु र बेलौरी १ फटैयाबाट भारतरबाट नेपाल तर्फ ल्याएका अन्दाजी १२ हजार ३ सय मुल्य बराबरको बोईलर कुखुरा, पेय पदार्थ (डिउ) लगायतका सामानहरु शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस