सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड विद्या निकेतनद्धारा सेभ हाउस र एक सामुदायिक विद्यालयलाई सहयोग

२०८० भदौ २९, ०८:२० खबर संवाददाता

धनगढीः  कैलालीको एक विद्यालयले बाल दिवसको अवसरमा महिला तथा बालबालिका सेभ हाउस र एक सामुदायिक विद्यालयलाई सहयोग गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका–३ मालाखेतीमा रहेको खप्तड विद्या निकेतनले गोदावरी – ३ को सरस्वती प्रावि र गोदावरी–२ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेका हो। ५९ औं बाल दिवसको अवसरमा खप्तड विद्या निकेतनले सरस्वती प्रावि र सेभ हाउसमा आश्रीत बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेको हो।

उक्त सहयोग सामग्री प्याब्सन गोदावरीका अध्यक्ष एवम् खप्तड विद्या निकेतनका सञ्चालक  श्याम खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच वितरण गरिएको थियो। खप्तड विद्या निकेतनका विद्यार्थीहरुद्धारा आयोजित बाल दिवस कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रम पनि आयोजना गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस