सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बाघको आक्रमणबाट एक बालिका घाइते

२०८० भदौ २९, ०५:२५ खबर संवाददाता

अछामः  अछाममा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।

जिल्लाको रामारोसन गाउँपालिका –७ भाटाकाटियाकी १४ वर्षीया राधिका परीयार बाघको आक्रमणमा परि घाइते भएकी हुन्। उनलाई आज बिहान धारामा पानी भरीरहेको बेलामा बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

राधिकाको दाहिने हात र छातीमा चोट लागेको छ। उनको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस