चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै चिकित्सक संघ धनगढीको विज्ञप्ति

धनगढीः हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि कुटपिटको घटनालाई लिइएर विरोध भइरहेको छ।
बुधबार बिहान हेटौँडा–१ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि आठ–दशजनाको समूहले अस्पतालभित्र प्रवेश गरेर कुटपिट गरेका थिए। उनीहरूले सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर बिडारी र डाक्टर थापामाथि कुटपिट गरेका थिए।
कुटपिटबाट चिकित्सकद्वयको अनुहार र आँखामा चोट लागेको छ। प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानकी श्रीमती रमा, छोरा अमित, छोरी रमिता, भतिज अनुपलगायतले कुटपिट गरेका हुन्। चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दैै नेपाल सिकित्सक संघ सुदूरपश्चिम प्रदेश धनगढीले विज्ञप्ति नै जारी गरेको छ। संघले विभिन्न ७ बुँदे मागसहित विरोधमा उत्रिएको हो।



