सुदूर नेपाललाई विश्वसँग जोड्दै

कल्पना स्मृती फउण्डेशनको बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड कार्यक्रम२०८० सम्पन्न

२०८० भदौ २८, १०:४३ खबर संवाददाता

काठमाडौँः  स्वर्गीय कल्पना स्मृती फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० सम्पन्न भएको छ।

बिशाल मुभिज प्रा.लि.का अध्यक्ष चर्चित गायक तथा सर्जक हुम गैरेको अध्यक्षता तथा प्रतिनिधी सभाको उप–सभामुख माननिय ईन्दिरा राना मगर उक्त कार्यक्रमका प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा सांसद नारायण आचार्य,राष्ट्रिय जन साँस्कृतीक माहासंघका अध्यक्ष, बिशाल मुभिजका संरक्षक, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष, बरिष्ठ गायक सेमन्तमणी खराल लगायतको सहभागिता रहेको थियो।No description available.

कार्यक्रमा बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र बरिष्ठ लोक गायिका सर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरीयको थियो। तमु बौद्ध सेवा समाजको सभाहलमा आयोजित कार्यक्रममा तिज गीत बिधा संग सम्बन्धीत २२ बिधाका ५२ जना कलाकर्मीहरुलाई अवार्ड प्रदान गरीयको थियो। कार्यक्रमबाट सर्बोत्कृष्ट एकल तिज गीतको अर्वाड गायिका मिना बेल्बासेलाई, सर्बोत्कृष्ट मौलिक तिज गीतका अर्वाड (गायिका) लक्ष्मी परियार,सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) कृष्ण रानाभाट, सर्बोत्कृष्ट तिज गीत (गायिका) जमुना राना, सर्बोत्कृष्ट मौलिक तिज गीत भाषा भाषी (गायिका) पुनम बस्याललाई प्रदान गरिएको थियो।

यस्तै गायिका संगीता चितौर, शकुन्तला गैरे, कृष्णा सिराडी, तुलसी क्षेत्री, बिमला गैरे, सर्मिला अर्याल,गायक देब बा.सहानी, प्रकाश बि.शी, गायिका सबिता परियार, लक्ष्मी रेग्मी,सरस्वती उर्पेती, कला रेश्मी महतो, गायक भरत क्षेत्री,गायिका गरीमा रामजाली्, गायक खम बहादुर बुढा,शब्द संकलक कल्पना रेग्मीm गायिका रितिका कुवँर, गिता सेन्चुरी, पुरुषोत्तम गैरेलाई विभिन्न विधामा अर्वाड तथा सम्मान गरिएको थियो। नव गायक राम परिया,नव गायिका राशी रिजाल, बिष्णु थापा, सुन्दर परियार, हेमनाथ खराल, ललित के.सी,कुमार कार्की, प्रदिप प्रखर पोखरेल, धर्मराज गीरी, गणेश न्यौपाने ल्गाएतका थुप्रै कलाकारलाई अर्वाडका साथै सम्मान गरिएको थियो।
No description available.

कमेन्ट लोड गर्नुस