एकीकृत समाजवादीबाट सुदूरपश्चिम इन्चार्ज र अध्यक्षसहितका पदाधिकारी तोकिए
धनगढीः नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षसहितका पदाधिकारी तोकेको छ। अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी तोकिएको छ। सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह बन्दा सह–इन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले पाएका छन्।
त्यस्तै यो प्रदेशका अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह बन्दा उपाध्यक्ष शेरबहादुर कुँवर, सचिवमा दिनेशचन्द्र सुवेदी र उपसचिवमा दीर्घ सोडारी र माया भट्टले जिम्मेवारी पाएका छन्।