सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भैसी तस्कर सुरक्षा घेराभित्रबाटै फरार

२०८० भदौ २८, १२:२१ खबर संवाददाता

धनगढीः कैलालीमा भैसी तस्कर सुरक्षा घेराभित्रबाटै फरार भएका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले भैँसीसहित बुझाएका एक व्यक्ति भन्सार कार्यालयबाट फरार भएका हुन्।

बुधबार दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैसागाबाट इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट नेपाल भित्र्यायाउँदै गरेका दुई भैँसीसहित हर्कबहादूर खत्रीलाई पक्राउ गरेको थियो।

दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय बेलौरीले उनलाई भैँसीसहित कैलाली भन्सार कार्यालयमा बुझाएको थियो। भन्सार कार्यालय कैलालीले भैँसी र पक्राउ परेका खत्रीको निगरानी राख्न सशस्त्र प्रहरीलाई जिम्मा लगाएको थियो। तर, सशस्त्र प्रहरीको शुरक्षा घेराभित्रैबाट खत्री फरार भएका छन्।

कमेन्ट लोड गर्नुस