सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु

२०८० भदौ २७, ०४:१८ खबर संवाददाता

डडेल्धुराः  सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको अभियान देशभर सञ्चालन गर्ने भएको छ। उक्त अभियान सुदुरपश्चिमको डडेल्धुरा अस्पतालमा सुरु भएको छ।

खोप उपलब्धका आधारमा डडेल्धुरा अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेतमा खोप कार्यक्रम सञ्चालन हुनेछ। विश्व स्वास्थ्य संगठनले सुरुवाती चरणमा नौदेखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको थियो।

एक्त कार्यक्रमको लागि चीनबाट २० हजार भाइल एचपीभी खोप नेपाल सरकारले खरिद गरेर ल्याएको छ। हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकालमै ज्यान नगुमोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका  बालिका तथा किशोरीलाई निःशुल्क रुपमा सञ्चालन गर्ने घोषण गरेको हो। 

कमेन्ट लोड गर्नुस