सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतद्धारा श्रीलंकालाई २१४ रनको लक्ष्य

२०८० भदौ २६, ०८:४५ खबर संवाददाता

एसिया कप क्रिकेटमा भारतले श्रीलंकालाई २१४ रनको लक्ष्य दिएको छ। घरेलु टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको भारतले अन्तिम ५ बल खेल्नुअघि सबै विकेट गुमाएर २१३ रन बनायो। भारतको सुरुवात भने राम्रो थियो। पहिलो विकेटका लागि रोहित शर्माले र शुभमन गिलले ८० रनको साझेदारी गरेका थिए। तर डुनिथ वेलालेजले त्यो साझेदारी तोडे। त्यसपछि वेलालेज र चरित असलांकाले निरन्तर विकेट लिएपछि भारतका ब्याट्सयानले ठूलो साझेदारी गर्न सकेनन्।

रोहित शर्माले सर्वाधिक ५३ रन बनाए भने केएल राहुलले ३९, इशान किसनले ३३ रन बनाए। वेलालेजले ५ र असलांकाले ४ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस