सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक लाख बढीका अबैध सामानसहित एक जना पक्राउ

२०८० भदौ २६, ०६:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले एक लाखभन्दा बढी मुल्यका अबैध सामानसहित एक जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड नजिकबाट प्रहरीले एक लाख ३७ हजार मूल्य बराबरका भन्सार छलीका सामानसहित संलग्न एक जनालाई पक्राउ गरेको हो।

मंगलबार प्रहरी टोलीले अबैध रुपमा भित्र्याइएका सर्ट पाईन्टको कपडा र मोटरसाईकल एक थान सहित धनगढी उपमहानगरपालिका–८ का ३५ वर्षीय स्वरुप रानालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले संलग्न व्यक्तिसहित अवैध सामान नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस