सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमै पहिलो पटक मलेरियाको भ्याक्सिन प्रयोग

२०७६ वैशाख १२, १२:५९

अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरियाको भ्याक्सिन सार्वजनिक गरिएको छ। विश्वभरि प्रत्येक वर्ष चार लाख पैतिस हजार बालबालिकाको ज्यान जाने यो रोगबाट बच्नका लागि ३० वर्षदेखि प्रयास जारी थियो। यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षका बालबालिकाका लागि विकसित गरिएको हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मलावी सरकारको यो ऐतिहासिक कार्यक्रमको स्वागत गरेको छ। विश्व स्वास्थ्य संगठनले धेरै पहिला अफ्रिकी महाद्वीपमा दुई वर्षभन्दा कम उमेरका बालबालिकाको लागि यो भ्याक्सिन प्रयोगमा ल्याउने घोषणा गरेको थियो। विश्व मलेरिया दिवस प्रत्येक वर्ष २५ अप्रिलमा मनाइँदै आइएको छ।  

प्रत्येक मिनेट २ बालबालिकाको ज्यान जान्छ

यो भ्याक्सिन बालबालिकालाई मलेरियाबाट बचाउनका लागि सुरु गरिएको पायलट प्रोजेक्टको एक हिस्सा हो। यो भ्याक्सिनको नाम ‘आरटीएस,एस’ राखिएको छ । डब्ल्यूएचओका अनुसार, अफ्रिकी महाद्वीपका दुई देश घाना र केन्यामा आगामी हप्ता यो भ्याक्सिन प्रयोगमा ल्याइनेछ। यस घातक रोगबाट विश्वमा प्रत्येक मिनेट २ बालबालिकाको ज्यान जाने गरेको छ। 

अफ्रिकामा प्रत्येक वर्ष २ लाख ५० हजारको ज्यान जान्छ  

मलेरियाबाट अफ्रिकामा धेरैले ज्यान गुमाउने गरेका छन्। अफ्रिकामा मलेरियाका कारण प्रत्येक वर्ष २ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन्। डब्ल्यूएचओको अनुमानको अनुसार, दक्षिण पूर्व एसियामा मलेरियासम्बन्धी दर्ता हुने घटनामध्ये ८९ प्रतिशत भारतबाट मात्रै हुने गर्दछ। नेशनल भेक्टर बोर्न डिजिज कन्ट्रोल प्रोग्राम (एनभीबीडीसीपी) का अनुसार, सन् २०१६ मा १० लाख ९० हजार ७ सय २४ घटना दर्ता भएका थिए, जसमध्ये तीन सय ३१ ले ज्यान गुमाएका थिए।  

कम उमेरका बालबालिकामा यो रोगको सम्भावना धेरै

पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा यो रोगबाट ज्यान जाने खतरा सबैभन्दा धेरै हुन्छ। विश्वभरि प्रत्येक वर्ष मलेरियाबाट ४ लाख ३५ हजार ले ज्यान गुमाउने गरेका छन्। सबेभन्दा चिन्ताजनक कुरा के हो भने यसमा अधिकतर बालबालिका रहेका छन्।  साभार - उज्यालो 

कमेन्ट लोड गर्नुस