आजदेखि त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प
काठमाडौंः सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम आजबाट ठप्प हुने भएको छ। भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाई नभएपछि आजबाट भन्सारको काम ठप्प पार्न लागेका हुन्।
सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन्। आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ।
उनीहरुले आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए। भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन्।
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ। जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए। तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन