सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँस्कृतिक महासंघको भेला तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका ६ जनालाई सम्मान

२०८० भदौ २४, ०७:४७ खबर संवाददाता

धनगढीः   नेपाली काँग्रेसको शुभेच्छुक संघ रहेको नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रमको एक समारोहका बिच उदघाटन भएको छ।

नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाल साँस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा)को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एवं  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले एक समारोहका बिच उदघाटन गरेका हुन्।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम धामी, पुर्ब मन्त्री टेकबहादुर रैका, नेपाल साँस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष तीर्थबहादुर रहेका थिए। यस्तै कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति, नेपाल प्रेस युनियनका पुर्ब केन्द्रीय सदस्य, नेपाल साँस्कृतिक महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए।No description available.

कार्यक्रममा ६ जना स्रष्टालाई सम्मान पनि गरिएको छ। बहुचर्चित  गीतकार एवं नेपाली काँग्रेस बाजुराका नेता राजेन्द्र शाह बिपि, चर्चित लोक डेउडा गायक प्रकाश थापा (बाजुरा), लोक गायिका सरस्वती दाहाल (कञ्चनपुर ), गायिका,नृत्याङ्गना एवं स्वास्थ्यकर्मी साधना बि.सि. (बझाङ ), समाजसेवी सरिता साउँद ( डडेल्धुरा ) र जिल्ला सभापति मध्य बाट संस्कृतिकर्मी  चन्द्रा साउँद ( डोटी) लाई सम्मानित गरिएको छ। No description available.

कमेन्ट लोड गर्नुस