फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन हुने

काठमाडौँः झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ सम्बन्धीको विवाद मिलेको छ। निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच आइतबार चलचित्र विकास बोर्डमा भएको सहमतिसँगै विवाद मिलेको हो।
फिल्मको नाम ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ राख्ने र कथा सामाजिक राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ। सहमतिसँगै फिल्मले सेन्सरका लागि सिफारिस समेत आजै पाउनेभएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का, कलाकार दीपकराज गिरी लगायतको उपस्थितिमा बोर्डमा धार्मिक सङ्घसंस्था निर्माण युनिटबीच सहमति भएको हो।
विवाद मिलेपछि फिल्म २९ भदौबाट प्रदर्शन हुने पक्का भएको छ। फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय रहेको छ।
.gif)


