एसियन लाइफको डोटी शाखाले मनायो तिज विशेष कार्यक्रम
धनगढीः एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको डोटी शाखाले तिज विशेष कार्यक्रम मनाएको छ। हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै कम्पनीको डोटी शाखाले कार्यक्रमको आयोजना गरी मनाएको हो।
उक्त कार्यक्रममा महिलाहरूको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरूलाई शाखा प्रबन्धक नवराज पण्डितले अग्रिम शुभकामना दिए।
महिलालाई आर्कषण गरेको तिजले सञ्जालमा सबै वर्ग जातजाति र उमेर समूहलाई तानेको छ। तिज मनाउन हुरुक्क हुँदै रेस्टुराँ, होटेल र पार्टी प्यालेसमा महिला भेला हुँदै आएका छन्। पछिल्लो समय बैँक तथा बीमा कम्पनीहरूले पनि तिज कार्यक्रमहरू मनाउने गरेका छन्।