कैलालीको चौमालामा तीज नृत्य प्रतियोगिता हुने
धनगढीः कैलालीको चौमालामा तीज प्रतियोगिता हुने भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाको चौमाला बजारमा नगर स्तरीय तीज प्रतियोगिता हुने भएको हो।
सामुदायिक मेलमिलाप केन्द्र चौमालाले तीज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। गौरीगंगा नगरपालिका चौमालाको आर्थिक सहयोग गोप्का–चौमाला बजार व्यवस्थापन समिती, वडा नं–१, वडा कार्यालय र रेडक्रस उप–शाखा चौमालाको समन्वयमा भदौ ३० गते शनिवार बृहत् खुल्ला तीज महिला नृत्य प्रतियोगिता–२०८० आयोजना गर्न लागेको संयोजक हेमन्त राज जोशी ९बाजे० ले बताए।
प्रतियोगितामा सहभागी भइ प्रथम क्रमशः दिर्तिय र तृतीय हुने समूह वा व्यक्तिलाई नगद पुरस्कारकोसमेत व्यवस्था गरिएको छ। प्रथम हुनेले पाँच हजार, दिर्तियले तीन हजार, तृतीयले दुई हजार र एक हजार सान्त्वना पुरस्कार दिइने भएको छ। उनीहरूलाई प्रमाण पत्रसमेत दिइने छ। गौरीगंगा नगरपालिका भित्रका महिला तथा महिला समूहले प्रतियोगितामा भाग लिन पाउनेछन्। व्यक्ति, विद्यालय, समूह, सहकारी, आमा समूहलाई सहभागिता जनाउन भनिएको छ।
महिलाहरूमा हर्ष, खुसी र उमङ्गका साथ पर्व मनाउने उपयुक्त वातावरण सृजना गर्नुका साथै संस्कृति संरक्षणमा टेवा पुर्याउने उपदेश्यका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ।