कञ्चनपुरबाट लागुऔषधसहित एक सब इन्जिनियर पक्राउ
धनगढीः कञ्चनपुरको बेलौरीबाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडकघाटबाट ९ दशमलव ४२ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय हरिश रेग्मी शनिवार बिहान प्रहरी परेका हुन्।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शँका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ।
पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेका रेग्मी सडक डिभिजन कार्यालयका अछाम सब इन्जिनियर हुन। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।