राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका हुन्। यसैगरी, राष्ट्रपति पौडेलले सुवेदीलाई नै संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरेका छन्।