सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट खुकुरी र गाँजासहित पाँच जना पक्राउ

२०८० भदौ २२, ०२:३० खबर संवाददाता

अछामः अछामबाट  गाँजा र खुकुरीसहित पाँच जना प्रकाउ परेका छन्। बिहिवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट उनीहरुलाई गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए।

प्रकाउ परेका १२ देखि १५ वर्षसम्म बालक रहेका छन। उनीहरूको साथबाट केही मात्रमा गाँजा फेला परेको र त्यो मुद्‍दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाउने तयारी भईरहेको उनले बताए ।

कमेन्ट लोड गर्नुस