सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण अफ्रिकामा बाढीबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो

२०७६ वैशाख ११, ०६:२० खबर संवाददाता

दक्षिण अफ्रिकामा बाढी–पहिरोको कारण ५१ जनाको मृत्यु भइसकेको छ। मंगलबारसम्म ३३ जनाको ज्यान गएकोमा बुधबार मृतकको संख्या ५१ पुगेको हो। घटनापछि राष्ट्रपति सिरिल रामाफोसाले मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै पीडित परिवारलाई समवेदना प्रकट गरेका छन। उनले हालै घटनास्थलको अवलोकन पनि गरेका थिए।

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा बाढी र पहिरोबाट पछिल्लो साता ठूलो धनजनको क्षति हुँदैआएको हो। विद्युत् तथा टेलिफोन सेवामा समेत अवरोध आएपछि प्रभावित क्षेत्रमा यहाँको सरकारले सेना परिचालन गरी उद्वार कार्य जारी राखेको छ। 
 

कमेन्ट लोड गर्नुस